अध्यक्ष यादव स्वदेश फिर्ता, संसदीय दलको बैठक बोलाए

अध्यक्ष यादव स्वदेश फिर्ता, संसदीय दलको बैठक बोलाए

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । स्वास्थ्यमन्त्री तथा जनता समाजवादी पार्टी नेपाल(जसपा)का अध्यक्ष उपेन्द्र यादव स्वदेश फर्केका छन्।

उनी कतार सोमबार मध्यराति काठमाडौं आइपुगेका हुन्।

काठमाडौं आइपुगेसँगै उनले संसदीय दलको बैठक बोलाएका छन्। बैठक केहीबेरमा पार्टी कार्यालयमा बस्ने बताइएको छ।

यादव विदेशमा रहेको बेला उनको पार्टी फुटेको थियो।

बैठकमा पार्टी विभाजनपछिको अवस्था र सरकारमाथिको समर्थनलगायतका विषयमा छलफल हुने बताइएको छ।

Skip This
Skip This
Logo