गृहमन्त्री लामिछानेले संसदमा बोल्न पाउनुपर्ने भन्दै दिए निवेदन

गृहमन्त्री लामिछानेले संसदमा बोल्न पाउनुपर्ने भन्दै दिए निवेदन

केन्द्रबिन्दु
56
Shares

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्न पाउनुपर्ने भन्दै निवेदन दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उनले सभामुखलाई सम्बोधन गर्दै संसदमा बोल्न पाउनुपर्ने भन्दै निवेदन दिएका हुन् । ‘मेरो व्यक्तिगत विषयमा माननीय सदस्यहरुले विभिन्न प्रश्नहरु उठाउनुभएको थियो । सो सम्बन्धमा मैले संसदमा उपस्थित भै सार्वभौम सांसदमार्फत् आम जनतालाई जानकारी गराउन चाहेको थिएँ तर संसद्मा उत्पन्न भएको गतिरोधका कारण सम्भव भएन । यही २८ गतेबाट चालू हुने अधिवेशनमा जवाफ दिने व्यवस्था मिलाइदिन अनुराेध ।’

हेर्नुहाेस्, पत्र-

सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपाका सभापति लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले विराेध गरेपछि उनले बाेल्न पाएका छैनन् ।

Skip This
Logo