नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले मिडिया काउन्सिल विधेयक विवादित बनेकाले सबैलाई मान्य हुनेगरी परिमार्जन गरेर अघि बढ्नुपर्ने बताएका छन् ।
उनले विधेयककाबारेमा धेरै नकारात्मक कुरा बाहिर आइरहेकाले परिमार्जन गरेर पारित गर्नुपर्नेमा जोड दिए । प्रेस संगठनले शनिबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले भने–‘विवाद र विमति रहेकै अवस्थामा यसलाई पास गरिनुहुँदैन । विवादास्पदरुपमा विधेयक ल्याउने कुरा नहोस् । यसलाई सबैले अपनत्व महसुुस गर्नेगरी अघि बढाउनुपर्छ ।’
उनले विधेयकलाई छलफल र सुझावसहित संशोधन गर्नुपर्ने बताए । ‘प्रेस स्वतन्त्र हुनुपर्छ । कहीँ–कतैबाट प्रेसमाथि अंकुश लगाउने काम राम्रो होइन, यसतर्फ सरकारले ध्यान दिन्छ’–वरिष्ठ नेता नेपालले भने–‘सबैलाई अपनत्व महसुस हुनेगरी विधेयक ल्याउँदा त्यसले सरकारका काम–कारबाहीमा अझ लोकप्रियता बढ्छ ।’
यस्तै, उनले ‘विप्लव’ नेतृत्वको नेकपालाई हतियारको राजनीतिले परिवर्तन सम्भव नभएको स्पस्ट पारे ।





























प्रतिक्रिया