सुहाङले आज शपथ ग्रहण गर्दै

सुहाङले आज शपथ ग्रहण गर्दै

केन्द्रबिन्दु
56
Shares

गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले आज (बुधबार) बिहान शपथ लिने भएका छन्। नेम्बाङलाई सांसद पदको शपथ ग्रहण कार्यक्रम बुधबार बिहान ११ बजे सिंहदरबारस्थित कृषि समितिको हलमा हुने तय गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । 

शपथ ग्रहणको कार्यक्रम कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहल सिंहदरबारमा राखिएको छ । नेकपा एमालेले सुवासका छोरा सुहाङलाई चुनावी प्रतिस्पर्धामा उतारेको थियो । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङले जित हासिल गरेका थिए ।

Skip This
Logo