पार्टी फुटबारे के भन्छन् अध्यक्ष यादव?

पार्टी फुटबारे के भन्छन् अध्यक्ष यादव?

केन्द्रबिन्दु
21
Shares

काठमाडौं। जनता समाजवादी पार्टी नेपाल(जसपा नेपाल)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी फुटबारे पत्रकार सम्मेलन गरेका छन्।

बुधबार अध्यक्ष यादवले पार्टी फुटबारे पार्टी कार्यालय बालकुमारीमा पत्रकार सम्मेलनको आयोजना गरेका छन्।

पत्रकार सम्मलेनमा बोल्दै अध्यक्ष यादवले आफू बाहिर गएको बेला कार्यवाहक अध्यक्ष दिएको मान्छेले झोकमा पार्टी फुटाएको आरोप लगाए। उनले भने,‘दुई चार जना भेला पारेर पार्टी फुटाए भन्नेले समर्थन पाइदैन। कार्यवाहक अध्यक्ष दिएको मान्छेले झोकमा पार्टी फुटाए। व्यक्तिगत स्वार्थले पार्टी विभाजन गरे। पार्टी दर्ता गलत छ। कानुन र राजनीतिक रुमले हाम्रो यात्रा कायम छ।’

सरकार ढाल्ने हल्ला निधार भएको बताउँदै उनले भने,‘म बाहिर गएको बेलामा जसपा र नेकपा एसले कांग्रेससँग मिलेर सरकार ढाल्ने प्रयास गर्‍यो भनेर हल्ला चलाइयो। त्यो हल्ला निराधार र कपोकल्पित थियो। कसैसँग भेटेको थिएन। त्यही हल्लालाई कसै कसैले मौका छोपेर पार्टी महाधिवेशनको तयारी भइरहेको बेलामा तर, संस्थागत रूपमा पार्टीभित्र कुनै विवाद नआएको अवस्थामा केही व्यक्तिहरूले महत्वकांक्षा र व्यक्तिगत स्वार्थको कारणले फाइदा उठाउने गरी पार्टी फुटाएको घोषणा गरे, निर्वाचन आयोगमा पनि दर्ता भएको कुरा आएको छ।’

Skip This
Skip This
Logo