प्रधानमन्त्री प्रचण्डको दाँत दुख्यो, पुगे वीर अस्पताल

प्रधानमन्त्री प्रचण्डको दाँत दुख्यो, पुगे वीर अस्पताल

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि आज दिउँसो वीर अस्पताल पुग्नेका छन्।

आज बिहानदेखि उनको दाँत दुखेपछि प्रधानमन्त्री दन्त परीक्षणका लागि वीर अस्पताल पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

हाल वीर अस्पतालका चिकित्सक रितु श्रेष्ठ नेतृत्वको चिकित्सकहरुको समूहले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचार गरिरहेको छ।

Skip This
Logo