प्रधानमन्त्रीले दार्माको प्रशासकीय भवन उद्घाटन गर्ने भएपछि पालिकाभर सार्वजनिक बिदा

प्रधानमन्त्रीले दार्माको प्रशासकीय भवन उद्घाटन गर्ने भएपछि पालिकाभर सार्वजनिक बिदा

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । सल्यानको दार्मा गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने भएपछि आज सार्वजनिक बिदा दिईएको छ।

दार्मा गाउँपालिका-३ मा रहेको पालिकाको प्रशाकीय भवनको उद्घाटन बिहान ११ बजे गर्ने कार्यक्रम रहेको छ।

भवन उद्घाटन प्रधानमन्त्रीले गर्ने भएपछि आज पालिकाभरी सार्वजनिक बिदा दिइएको छ।

गाउँ कार्यपालिकाको बैशाख २२ गते बसेको बैठकले आज बैशाख २८ गते सार्बजनिक बिदा दिने निर्णय गरेको थियो।

Skip This
Logo