कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने

कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई संसदमा बोल्न दिने भएको छ।

कांग्रेसको शुक्रबार बसेको संसदीय दलको बैठकले लामिछानेलाई गृहमन्त्रीको रूपमा नभई एक दलको नेताको रूपमा बोल्न दिने पनि निर्णय गरेको हो।

यस्तै, सहकारीको रकम हिनामिना प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति नबनेसम्म सदन अवरुद्ध गर्ने निर्णयपनि गरेको छ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि नै आरोप लागेपछि कांग्रेसले संसदीय समिति गठन गरी छानविन गर्नुपर्ने माग गर्दै आएको छ। यो अधिवेशनमा समेत सरकारले छानविन समिति गठन नगरे संसद् पूर्णरुपमा ठप्प पार्ने कांग्रेसको चेतावनी छ।

Skip This
Logo