मधेस सरकारबाट बाहिरियाे एमाले र माओवादी, मुख्यमन्त्री यादवकाे पद संकटमा

मधेस सरकारबाट बाहिरियाे एमाले र माओवादी, मुख्यमन्त्री यादवकाे पद संकटमा

केन्द्रबिन्दु
70
Shares

नेकपा एमाले र माओवादी केन्द्र मधेस सरकारबाट बाहिरिएको छ ।

आइतबार एमालेबाट मन्त्री बनेका ६ जनाले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री सरोज कुमार यादवलाई राजीनामा बुझाउनेमा सरोज कुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोद कुमार जयसवाल, केशव राय र शारदा थापा रहेका छन् । राय र थापा राज्यमन्त्री हुन् भने अरु चार जना मन्त्री हुन् ।

माओवादीबाट भने यसअघि नै सरकारमा सहभागी दुई मन्त्रीहरूले मुख्यमन्त्रीलाई राजीनामा बुझाउँँदै समर्थन पनि फिर्ता लिएको छ । माओवादीबाट मन्त्री भएका भरतकुमार साह र युवराज भट्टराईले सरकारबाट राजीनामा दिएका हुन् ।

योसँगै जसपा नेपालका यादव नेतृत्वको मधेस प्रदेश संकटमा परेको छ । यही वैशाखको पहिलो साता नयाँ समीकरण अनुसार लिइएको विश्वासको मतमा मुख्यमन्त्री यादवलाई ६१ जना प्रदेश सांसदले समर्थन जनाएका थिए । तर, अब माओवादीका ९ र एमालेका २४ सांसदको समर्थन फिर्ता भएपछि अल्पमतमा परेका छन् ।

Logo