काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समिति नबनेसम्म संसद अवरोध जारी राख्ने निर्णय गरेको छ।
सोमबार सभापति शेरबहादुर देउवाको निवास बु्ढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकले सहकारी ठगीमा संसदीय छानबिन समिति नबनेसम्म संसद अवरोध जारी राख्ने निर्णय गरेको हो।
कांग्रेसको उक्त निर्णयसँगै अगामि जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेल सदनमा प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रमपनि प्रभावित हुने भएको छ।
कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको भन्दै उनीमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै संसद अवरोध गरिरहेको छ।





























प्रतिक्रिया