जसपा नेपाल: समर्थन फिर्ता, सर्वोच्च जाँदै

जसपा नेपाल: समर्थन फिर्ता, सर्वोच्च जाँदै

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) नेपालले केन्द्रीय सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ।

सरकारबाट आज बाहिरिएसँगै जसपा नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको हो।

सोमबार बिहान जसपा नेपालको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो।

यो सँगै जसपा नेपालबाट फुटेर अलग भएको जसपालाई राजनीतिक दलको मान्यता दिएको भन्दै निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालत जाने भएको छ।

उक्त मान्यता कानून विपरीत रहेको भन्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा रिट दायर गर्न लागेको जसपा एक नेताले जानकारी दिए।

Skip This
Skip This
Logo