काठमाडौं । चितवनमारहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं पुगेपछि सत्तारूढ गठबन्धन दलको बस्ने भएको छ।
प्रधानमन्त्री प्रचण्ड काठमाडौं पुगेपछि बस्ने सत्तारूढ गठबन्धन दलको बैठकमा संसदीय समिति गठनको विषयमा छलफल हुने बताइएको छ।
कांग्रेसले सोही विषयलाई लिएर पटक पटक संसद अवरोध गरिरहेको छ। भोलि सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको हुँदा सदन अवरोध खुलाउनका लागि आवश्यक विषयमा छलफल हुने बैठकमा सहभागी हुने एक नेताले बताए। उनका अनुसार भोलिको संसद अवरोध खुलाउनका लागि बैठकमा आवश्यक छलफल भएर एक निर्णयमा पुगिनेछ।
तर, आज बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले संसदीय छानबिन समित गठन नभएसम्म सदन अवरोध नखुल्ने निर्णय गरेको छ। कांग्रेसको उक्त निर्णयले राष्ट्रपति पौडेलले प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रम प्रभावित हुने पक्कापक्की छ।
प्रधानमन्त्रीले सत्तारूढ दलको बैठकपछि सदन अवरोध खुलाउन कांग्रेसँगपनि छलफल गर्नेछन्।





























प्रतिक्रिया