सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले बिहीबार विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले बिहीबार विश्वासको मत लिने

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । एकीकृत समाजवादीबाट सुदूरपश्चिमको मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीले भोलि(बिहीबार) विश्वासको मत लिने भएका छन्।

एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी(नाउपा)को समर्थनमा मुख्यमन्त्री बनेका सोडारीले भोलि विश्वासको मत लिने भएका हुन्।

उनलाई विश्वासको मत दिन यसअगाडि हिच्किचाएको एमालेले विश्वासको मत दिने तयारी गरेसँगै मुख्यमन्त्री सोडारीले पनि भोलिका लागि विश्वासको मत लिने तयारी गरेका हुन्।

वैशाख ६ गते एमालेसहित गठबन्धनको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

Skip This
Skip This
Logo