राज्य छ भन्ने अनुभूति दिलाउन नसक्दा सबै क्षेत्रमा समस्या आएको सांसद खड्काको दाबी

राज्य छ भन्ने अनुभूति दिलाउन नसक्दा सबै क्षेत्रमा समस्या आएको सांसद खड्काको दाबी

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिपक खड्काले राज्य छ भन्ने अनुभूति दिलाउन नसक्दा सबै क्षेत्रमा समस्या आएको बताएका छन्।

ईमानद्वारा इप्पान र नाडासँगको सहकार्यमा बिहीबार काठमाडौंमा आयोजित प्री-बजेट छलफल कार्यक्रममा बोल्दै सांसद खड्काले राज्य छ भन्ने अनुभूति दिलाउन नसक्दा सबै क्षेत्रमा समस्या आएको बताएका हुन्।

नीति नभइ नियत सुधार गर्न आवश्यक रहेको बताउँदै सांसद खड्काले सरकार भन्ने तर काम नगर्ने गरेको आरोप लगाए।

बजेटले नागरिकको पक्षलाई सम्बोधन गर्न आवश्यक रहेको बताउँदै उनले विद्युत उत्पादनमा ढिलाइ भएको स्विकारे। त्यसका लागि सरकार नै नलागेको उनको आरोप छ।

Logo