सभामुख घिमिरेले गरे प्रधानमन्त्री प्रचण्डलाई फोन

सभामुख घिमिरेले गरे प्रधानमन्त्री प्रचण्डलाई फोन

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरेका छन्।

आज(बिहीबार) केहीबेर अगाडि सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डसँग टेलिफोन वार्ता गरेका हुन्।

फोनवार्तामा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले सभामुख घिमिरेलाई केहीबेर बैठक ढिला गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री प्रचण्डले आजको बैठकमा नै गृहमन्त्रीलाई बोल्ने गरी वातावरण निर्माण गरिरहेको जानकारी दिएको सभामुखको सचिवालयले जानकारी दिएको छ।

सभामुख घिमिरेले भने बानेश्वरमा नै कानून मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन्।

छलफलमा कानून मन्त्री पदम गिरी, उपसभाुख इन्दिरा राना, कांग्रेस सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा सचेतक बिनाकुमारी लामा सहभागी थिए।

Logo