संसद बैठक सर्‍यो

संसद बैठक सर्‍यो

केन्द्रबिन्दु
126
Shares

प्रतिनिधि सभाको बैठक सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचलनका सन्दर्भमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गर्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले बैठक निर्धारित समयभन्दा पछि सार्न सभामुख देवराज घिमिरेलाई आग्रह गरेपछि बैठक निर्धारित समयभन्दा केही पछि सारिएकाे हाे ।

बैठकको गतिरोध अन्त्य गर्न सभामुख घिमिरेले पनि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा कानुन, न्याया तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् । आजको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्ने वातावरण निर्माण गरिरहेको बताइएकाे छ ।

Logo