ओलीलाई देउवाको जवाफ: आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ

ओलीलाई देउवाको जवाफ: आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काउँदै गिरिबन्धु टी स्टेट्बारे आफू निर्णय गर्ने अनि कांग्रेसलाई भन्ने भनेर जवाफ फर्काएका छन्।

बिहीबार प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै सभापति देउवाले गिरिबन्धु टी स्टेट्बारे आफू निर्णय गर्ने अनि कांग्रेसलाई भन्ने भन्दै एमाले अध्यक्ष ओलीलाई जवाफ फर्काएका हुन्।

उनले भने,‘अहिले ओलीजीले बोलेको भनेर बाहिर आएको छ। अदालतले फैसला गरेपछि गिरिबन्धु टी स्टेटको निर्णय कांग्रेसको पालामा भएको भनेर। आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ। कहिले, कसको पालोमा भयो, के भयो भनिदिए भइहाल्यो नि। त्यसकारण यस्तो कुरा उहाँ जस्तो नेताले भन्न सुहाउँदैन, आफूले गरेको कुरा गरेको हो भन्न के आपत्ति छ?’

उनले कांग्रेसको पालमा आफू र गिरिजाप्रसाद कोइरालामात्र भएको र आफूहरूको पालमा नभएको दाबी गरे। ‘अदालतले उहाँलाई भनेको छ, उहाँ के भन्नुहुन्छ भने कांग्रेसको पालामा भएको छ। कांग्रेसको पालामा गिरिजाबाबु र म हो हाम्रो पालामा भएकै छैन। यस्तो कुरा उहाँले बोल्नुभयो, उहाँ जस्तो नेताले यस्तो बोल्नु हुँदैन थियो,’उनले भने।

Logo