विपक्षीको नाराबाजीबीच सुदूरका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

विपक्षीको नाराबाजीबीच सुदूरका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । विपक्षी सांसदहरूबो नाराबाजीबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन्।

बिहीबार विश्वासको मतका प्रायोजनका लागि बोलाइएको प्रदेश सभा बैठकमार्फत मुख्यमन्त्री सोडारीले विश्वासको मत पाएका हुन्।

उनलाई एमालेका ११, माओवादी केन्द्रका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिको रञ्जिता पक्षका २ र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशी गरी २८ जनाले मतदान गरेका हुन्।

बैठक सुरू हुने बितिक्कै प्रमुख प्रतिपक्षी कांग्रेस र नागरिक उन्मुक्तिको रेशम पक्षका ४ सांसदले विरोध जनाउँदै नाराबाजी गरेका थिए।

Skip This
Skip This
Logo