मदन भण्डारीका उत्तराधिकारी हामी हौँ: अध्यक्ष नेपाल

मदन भण्डारीका उत्तराधिकारी हामी हौँ: अध्यक्ष नेपाल

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मदन भण्डारीका उत्तराधिकारी आफूहरू भएको दाबी गरेका छन्।

बिहीबार मदन–आश्रितको ३१ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मदन भण्डारीका उत्तराधिकारी आफूहरू भएको दाबी गरेका हुन्।

उनले भने- ‘मदन भण्डारीका उत्तराधिकारी हामी हौँ। हामीले नै यो आन्दोलनलाई उचाइमा पुर्याउन आवश्यक छ। उहाँले त्यो बेलामा कम्युनिष्ट आन्दोलनमा देखिएको चुनौतीलाई उल्लेख गरेर भन्नुभयो, कम्युनिष्ट पार्टीलाई असफल पार्ने प्रयासहरू विफल पार्नुपर्छ। र, कम्युनिष्ट पार्टीलाई लोकतान्त्रिक पार्टीको रूपमा स्थापित गर्नुपर्छ। आन्दोलनको लोकप्रियतालाई अगाडि बढाउने क्रममा जनताको विश्वास लिन जनताको बहुदलीय जनवादको विचार अगाडि सार्नुभयो त्यसको सान्दर्भिकता समाप्त भएको छैन। कार्य क्रमिक रूपमा हामी नयाँ क्षणमा प्रवेश गरेका छौँ, हिजो जनवादी क्रान्तिको चरणमा थियौँ, अहिले समाजवादी क्रान्तिको चरणमा छौँ।’

Logo