नेताहरुको व्यस्तता देखाउँदै नेकपा सचिवालय बैठक स्थगित

नेताहरुको व्यस्तता देखाउँदै नेकपा सचिवालय बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पोलिटब्यूरोको गठन र केन्द्रीय सदस्यहरुको कार्यविभाजन तथा एकताको बाँकी कामको टुङ्गो लगाउन आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक मङ्गलबार बस्ने गरी स्थगित भएको छ।

शीर्ष नेताहरुको कार्यव्यस्तता र कार्यसूचीमा तयारी अभावका कारण बैठक सरेको हो। सचिवालयको औपचारिक बैठक नबसे पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अन्य नेताहरुबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा अनौपचारिक बैठक भएको थियो।

केन्द्रीय सदस्यमध्येबाट पोलिटब्यूरो सदस्यको चयन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, केन्द्रीय निकायको एकता तथा प्रभाव कमिटीको एकताका विषयमा पार्टीमा छलफल चलिरहेको छ। यही जेठ २ गतेको सचिवालय बैठकले जनवर्गीय सङ्गठनको संयोजक, सहसंयोजक र केन्द्रीय सदस्यहरुको सङ्ख्या निर्धारण गरेको थियो।

Skip This
Skip This
Logo