राष्ट्रिय सभा बैठकमा आजपनि कांग्रेसले गर्यो अवरोध

राष्ट्रिय सभा बैठकमा आजपनि कांग्रेसले गर्यो अवरोध

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको आजको बैठक पनि अवरुद्ध गरेको छ। आजको बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए।

कांग्रेसका सांसदहरुले अवरोध गरेपछि अध्यक्ष नारायण दाहालले गरेको अनुरोध कांग्रेसका सांसदहरुले अस्वीकार गरेका थिए।

कांग्रेसले सहकारी ठगि प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरिरहेका छन्।

कांग्रेसको अवरोधपछि अध्यक्षले राष्ट्रिय सभाको बैठक आइतबार १:१५ बजेसम्मका लागि स्थगित गरेका छन्।

Logo