कोशीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

कोशीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्।

नवनियुक्त मन्त्रीहरूलाई शुक्रबार प्रदेश प्रमुख प्रशुराम खापुङले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

मुख्यमन्त्री कार्कीले आजै एमालेका तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री तथा माओवादीका दुई जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री नियुक्त गरेका हुन्।

मुख्यमन्त्री कार्कीले एमालेका राम रानालाई अर्थ, पञ्चकर्ण राईलाई सामाजिक विकास, लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला र एकराज कार्कीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ भने तथा सिर्जना राईलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

त्यस्तै माओवादीका गणेश उप्रेतीलाई भौतिक योजना, नारायण बुर्जामगरलाई पर्यटन र राजेन्द्र कार्कीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने बन्दना झाँगडलाई पर्यटन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। र झाँगडलाई पर्यटन राज्यमन्त्रीको जिम्मेवारी दिईएको छ।

Logo