गृहमन्त्री लामिछाने संसदीय छानबिन समिति बनाउन तयार छन्: प्रधानमन्त्री प्रचण्ड

गृहमन्त्री लामिछाने संसदीय छानबिन समिति बनाउन तयार छन्: प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री रवि लामिछाने संसदीय छानबिन समिति बनाउन तयार रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछाने संसदीय छानबिन समिति बनाउन तयार रहेको बताएका हुन्।

उनले भने,‘पछिल्लो चरणमा स्वयं गृहमन्त्री रवि लामिछाने पनि समिति बनाएर समाधान हुन्छ भने म तयार छु भनेको स्थिति पनि छ। आशा गरौँ अब त्यतैतिर जान्छ यो समस्याको समाधान।’

यस्तै, सहकारी प्रकरण सदन अवरूद्ध गर्नुपर्ने विषय नरहेको बताउँदै उनले भने,‘यो विषय उठाएर अहिले सदन अवरुद्धको स्थितिमा पुर्‍याइएको छ, यो त्यसो गर्नुपर्ने विषय पनि होइन भन्ने मेरो आफ्नै पनि बुझाइ छ। त्यो विषय अहिले नयाँ समीकरण बनेपछि मात्रै उठेको विषय होइन।’

Skip This
Skip This
Logo