नेविसंघको प्रदर्शनः ‘जीबी राई कहाँ छ ? रवि दाईलाई थाहा छ’ [तस्बिर/भिडियाेसहित]

नेविसंघको प्रदर्शनः ‘जीबी राई कहाँ छ ? रवि दाईलाई थाहा छ’ [तस्बिर/भिडियाेसहित]

केन्द्रबिन्दु
154
Shares

काठमाडौं । सहकारीका लाखौं बचतकर्ताको अर्बौ रुपैयाँ ठगी प्रकरण र झापाको गिरीबन्धु टि–स्टेटमा भएको भनिएको नीतिगत भ्रष्टाचारविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले जुलुस निकालेको छ ।

दिउँसो उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र एमाले अध्यक्ष केपी ओलीविरुद्ध नेवि संघ आइतबार काठमाडौंमा विभिन्न प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएको हो ।

‘जीबी राई कहाँ छ ? रवि दाईलाई थाहा छ,’ ‘गज्जब छ बा, नीतिगत भ्रष्टाचारी र सहकारी ठग !’ लगायतका नारा लेखिएका प्लेकार्ड नेविसंघका विद्यार्थीले बोकेका थिए । सहकारी ठगी प्रकरणमा मन्त्री लामिछानेमाथि छानबिन गर्न कांग्रेसले संसदीय समिति गठनको माग गर्दै आएको छ । संसद अवरोध जारी रहँदा सडकमा पनि प्रदर्शन भइरहेको हो ।

भिडियाे-

Logo