कांग्रेसलाई प्रधानमन्त्री प्रचण्डले भने: आज तपाईंहरूको गतिविधि इतिहासमा कलंकको रूपमा स्थापित हुनेछ

कांग्रेसलाई प्रधानमन्त्री प्रचण्डले भने: आज तपाईंहरूको गतिविधि इतिहासमा कलंकको रूपमा स्थापित हुनेछ

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसले आज गरेको गतिविधि इतिहासमा कलंकरूपमा स्थापित हुने बताएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्ने क्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेसको आजको गतिविधि इतिहासमा कलंकरूपमा स्थापित हुने बताएका हुन्।

उनले भने,‘आज बहुत गलत गर्नुभयो। यो प्रधानमन्त्रीलाई विश्वासको मत लिन नदिएर इतिहासमा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो। गहिरो दुःख व्यक्त गर्छु। कांग्रेसलाई चर्को मूल्य पर्नेछ।’

उनले कांग्रेसले अहिले गरेको संसद अवरोध धेरै गलत भएको र इतिहासमा एउटा नराम्रो उदाहरण प्रस्तुत गरेको बताए।

Logo