विश्वासको मतपछि कांग्रेस भन्छ: संसदीय इतिहासमा अनौठो नजिर स्थापित

विश्वासको मतपछि कांग्रेस भन्छ: संसदीय इतिहासमा अनौठो नजिर स्थापित

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले आज पाएको विश्वासको मत संसदीय इतिहासमा अनौठो नजिर स्थापित भएको बताएको छ।

सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री दाहालले विश्वासको मतपाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता प्रकाशरण महतले आज पाएको विश्वासको मत संसदीय इतिहासमा अनौठो नजिर स्थापित भएको बताएका हुन्।

उनले भने,‘प्रधानमन्त्रीले आजै विश्वासको मत लिनुपर्ने कुनै कारण थिएन। आजै उहाँले लिने निर्णय गर्नुभयो। विपक्ष आफ्नो कुरा राख्दै बेलमा आएको बेलामा अहिलेसम्म विश्वासको मत लिएको अवस्था छैन। यो संसदीय इतिहासमा अनौठो नजिर स्थापित गर्नुभएको छ। हामीले ल्याएको संविधानको खिलाफमा गठबन्धन दलहरू लागेका छन्।’

प्रधानमन्त्री दाहालले आज कांग्रेसको अवरोधकाबीच चौथो पटक विश्वासको मत पाएका थिए।

Skip This
Skip This
Logo