पर्याप्त समय हुँदाहुँदै पनि सरकारले तानाशाही प्रवृत्ति देखाएकाे कांग्रेसकाे आरोप

पर्याप्त समय हुँदाहुँदै पनि सरकारले तानाशाही प्रवृत्ति देखाएकाे कांग्रेसकाे आरोप

केन्द्रबिन्दु
18
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिन पर्याप्त समय हुँदाहुँदै पनि सरकारले तानाशाही प्रवृत्ति देखाएकाे आरोप लगाएको छ ।

कांग्रेसका सांसदको विरोध र नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चाैथाेपटक विश्वासको मत लिएपछि बसेको कांग्रेस संसदीय दलको बैठकले यो निष्कर्ष निकालेको हो । ‘निर्बाध रूपले सदन सञ्चालन हुने अवस्था हुँदा हुँदै सरकारले बलमिचाइँ गर्‍यो। र, तानाशाही प्रवृत्ति देखायो। पर्याप्त समय हुँदा हुँदै पनि आज अवरुद्ध सदनको बीचमा बहुमत सिद्ध गर्ने नाटक गर्‍यो यो नेपालको संसदीय इतिहासमा नौलो र दुखदायी घटना मन्चन गरेको छ।’ बैठकपछि निर्णय सुनाउँदै प्रमुख सचेतक रमेश लेखकले भने ।

साथै बैठकले सभामुखको भूमिका पदीय गरिमाअनुकूल नभएको ठहर गरेको छ । ‘कुनै एउटा पार्टी विशेषको कार्यकर्ताका रूपमा प्रस्तुत हुने कुरा सभामुखका लागि शोभनीय हुन्न ।’ प्रमुख सचेतक लेखकले भने ।

Skip This
Skip This
Logo