अध्यक्ष यादवले दायर गरेको मुद्दामा सुनुवाइ हुँदै

अध्यक्ष यादवले दायर गरेको मुद्दामा सुनुवाइ हुँदै

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटविरुद्धको दायर गरेको मुद्दाको पेशी आजलाई तोकिएको छ।

निर्वाचन आयोगले वैशाख २४ गते गरेको निर्णयलाई तत्कालका लागि मान्यता दिने कि नदिने भन्ने विषयमा छलफल गर्न सर्वोच्चले आज रिटका दुवै पक्षलाई बोलाएको हो।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासमा पेशी तोकिएपनि हेर्न नभ्याइनेमा परेको थियो।

यस अगाडि जेठ २ गते उक्त रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिँदै आयोगको निर्णय यथास्थितिमा राख्न आदेश जारी गरेको थियो।

Logo