नारायणकाजी श्रेष्ठको सम्पत्तिः प्रचण्डले दिएकाे गाडी र ३५ रोपनी जग्गा

नारायणकाजी श्रेष्ठको सम्पत्तिः प्रचण्डले दिएकाे गाडी र ३५ रोपनी जग्गा

केन्द्रबिन्दु
72
Shares

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग देशका विभिन्न ठाउँमा ३५ रोपनी बढी जग्गा रहेका देखाएको छ ।

उक्त विवरणका अनुसार श्रेष्ठसँग एउटा कित्ता ३१ रोपनी १५ आना, अर्को कित्ता १ रोपनी १० आना र अर्को ५ रोपनी ७ आना जग्गा रहेको छ । 

गोरखाको सिरानचोक गाउँपालिका ८ मा उनको नाममा ३ कित्ता जग्गा छ । श्रेष्ठले सम्पत्ति विवरणमा बा १० च ५७९८ नम्बरको महिन्द्रा गाडी छ, यो गाडी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रयोगका लागि उपलब्ध गराएको उल्लेख गरेका छन् । 

विवरणमा श्रेष्ठको खातामा १ लाख २२ हजार ९१८ रुपैयाँ रहेको पनि खुलासा भएको छ । मंगलबार सम्पत्ति विवरणमा उनले गोरखाको सिरानचोकमा रहेको पैतृक सम्पत्ति २०५८ सालमा नै पार्टीलाई हस्तान्तरण गरिसकेको र त्यो प्रक्रियामै रहेको उल्लेख गरेका छन् ।

Skip This
Skip This
Logo