काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अविलम्ब रिहा गर्न माग गरेका छन्।
मंगलबार नागरिकता प्रकरणमा काठमाडौंबाट पक्राउ परेका अध्यक्ष कैलाशलाई अविलम्ब रिहा गर्न सांसद शर्माले समाजिक सञ्जालमार्फत माग गरेका हुन्।
हाल विदेशमा रहेको सांसद शर्माले समाजिक सञ्जालमा स्टाट्स लेख्दै अध्यक्ष कैलाशलाई कार्यालयबाट नै प्रहरीले गरेको गिरफ्तारी अलोकतान्त्रिक र निन्दनीय भएको बताएका छन्।
उनले लेखेका छन्, ‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज आफ्नो कार्यकक्षबाट नै प्रहरीले गरेको गिरफ्तारी अलोकतान्त्रिक र निन्दनीय छ। जनआन्दोलनलाई मूर्तरूप दिन कान्तिपुर दैनिकले गरेको प्रयासलाई चटक्क बिर्सिएर, देश समाजका उठाउन आवश्यक विषयबस्तु सम्प्रेषणप्रति प्रतिशोध लिने उद्धेश्य प्रस्ट देखिएको छ। देश र जनतामाथिको प्रचण्ड सरकारको गैरलोकतान्त्रिक निरंकुश कार्य शैलीको विरोध गर्दै आएको छु र म सरकारको यस रबैयाको घोर भत्सर्ना गर्दछु। शक्तिको गलत प्रयोग नगरौँ। कैलाश सिरोहियालाई अबिलम्ब रिहा गरियोस्।’





























प्रतिक्रिया