सन्दीप लामिछानेलाई अमेरिकाकाे भिसा मिलाउन ज्ञानेन्द्र शाहीकाे सक्रियता

सन्दीप लामिछानेलाई अमेरिकाकाे भिसा मिलाउन ज्ञानेन्द्र शाहीकाे सक्रियता

केन्द्रबिन्दु
238
Shares

क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेलका लागि भिसा प्रक्रिया मिलाउन राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सक्रियता देखाएका छन् ।

सांसद शाहीले भिसा प्रक्रिया मिलाइदिन भन्दै प्रधानमन्त्री कार्यालय, गृहमन्त्री र खेलकुद मन्त्रालयसँग अनुरोध गरेका हुन् । ‘आज एका बिहानै देखि सन्दिप लामिछानेलाई विश्वकप खेल्न अमेरिका जाने भिसा प्रक्रियाका लागि नेपाल सरकारका सबै निकाय प्रधानमन्त्री कार्यालय, गृहमन्त्री र खेलकुद मन्त्री ज्यु सँग पहल गरेका छौं ! आशा छ विश्वकप खेल्ने बाटो खुल्ने छ ? नेपाली चन्द्र सुर्य झन्डा फरफराउने छ ! जय नेपाल’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

लामिछानेलाई टी-२० विश्वकपमा सहभागी हुन जान अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । बलात्कार मुद्दामा हालै उच्च अदालतबाट सफाइ पाएका लामिछाने केही सातामै सुरु हुने टी-२० विश्वकप क्रिकेटमा सहभागी हुन अमेरिका जाने प्रक्रियामा थिए । तर, नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको बुधबार उनी आफैंले जानकारी गराएका छन् ।

Logo