विश्वप्रकाश शर्माको चुनौती- कांग्रेसका नेतामात्र होइन, नातेदारमाथि पनि छानबिन गर्नुस्

विश्वप्रकाश शर्माको चुनौती- कांग्रेसका नेतामात्र होइन, नातेदारमाथि पनि छानबिन गर्नुस्

केन्द्रबिन्दु
56
Shares

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसका नेताहरू मात्र होइन उनीहरूको नातेदारमाथि पनि छानबिन गर्न चुनौती दिएका छन् ।

बिहीबार नेपाल विद्यार्थी संघ झापा–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा महामन्त्री शर्माले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि कटाक्ष गर्दै भने, ‘कांग्रेसको को–कोमाथि सभापति, उपसभापति, महामन्त्री, सदस्य को–कोमाथि ? भाइ, भतिजो, छोराछोरी नातिनी सबैमाथि क–कसको छानविन गर्नुछ ? नामै लेख्नुस्, थर लेख्नुस्, ठेगाना लेख्नुस्, रङ्ग लेख्नुस् । तर, छानविन गम्भीरतापूर्वक गर्नुस् ।’

गृहमन्त्री लामिछानेले संसदमाा् उभिएर अन्तर्राष्ट्रिय स्तरकै छानविन समिति बनाउन भनेपनि कुनै पनि सहकारी र गोर्खा मिडियाको नाम उल्लेख गर्न नहुने अड्डी कसेको उनको भनाइ छ ।

Logo