रास्वपाबिनै छलफलमा जुटे सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरू

रास्वपाबिनै छलफलमा जुटे सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरू

केन्द्रबिन्दु
336
Shares

संसदको गतिरोध अन्त्यका लागि बालुवाटारमा सत्तापक्ष र प्रतिपक्षी दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय सभा दल नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे छलफलमा जुटेका हुन्।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता भने सहभागी छैनन् ।

कांग्रेसले सहकारीको बचत ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै लामो समयदेखि संसदीय छानबिन समितिको माग गर्दै आएको छ । यही अडानलाई दोहोर्याउँदै सदन अवरुद्ध गर्दै आएको कांग्रेस अब सडक तताउनतिर उन्मुख छ । संसदीय छानबिन समिति बनाउने सहमति बने पनि अझै कार्यक्षेत्र के हुने भन्ने निश्चित भइसकेको छैन । समितिमा गृहमन्त्री लामिछानेको नाम राख्ने कि नराख्नेमा विषयमा सहमति अड्किन पुगेको छ । कांग्रेसले लामिछानेको नाम नै राख्नुपर्ने र ठगी भएका सहकारीका नाम अनुसूचीमा राख्नुपर्ने अडान राख्दा सत्ता पक्ष भने व्यक्तिको नाम तोक्न नहुनेमा छन्।

Skip This
Logo