राप्रपा केन्द्रीय कार्य समिति बैठक आजपनि, अध्यक्षले राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने

राप्रपा केन्द्रीय कार्य समिति बैठक आजपनि, अध्यक्षले राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य समिति बैठक आजपनि बस्दै छ।

बैठक बिहान साढे ८ बजे धुम्बाराहीमा बस्ने तय भएपनि केही ढिलो गरी सुरु हुने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

हिजोदेखि काठमाडौंमा सुरु भएको केन्द्रीय कार्य समितिको बैठकमा आज पनि विभिन्न कार्यपत्रहरु प्रस्तुत गर्ने क्रम जारी रहने अध्यक्ष लिङ्देनले बताए।

उनले भने,‘हिजोको बैठकमा विभिन्न कार्यपत्रहरु प्रस्तुत भएका थिए। आजपनि कार्यपत्र प्रस्तुत गर्ने क्रमले निरन्तरता पाउछ । त्यसपछि कार्यपत्रमाथि छलफल हुने छ। आज मैले राजनीतिक कार्यपत्र प्रस्तुत गर्दै छु। सचिवालय, कोषाक्षध्य र प्रदेश अध्यक्षहरुले समेत आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्नुहुन्छ। ’

भोलिसम्म चल्ने उक्त बैठकमा कार्यपत्रबाहेक राष्ट्रिय राजनीति र समसामयिक विषयहरुले छलफलमा महत्व पाउने लिङ्देनले जानकारी दिए।

Logo