छानबिन समितिको कार्यादेश टुंगो लगाउने जिम्मा शीर्ष नेताहरूलाई

छानबिन समितिको कार्यादेश टुंगो लगाउने जिम्मा शीर्ष नेताहरूलाई

केन्द्रबिन्दु
196
Shares

सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउने जिम्मा कार्यदलले शीर्ष नेताहरूलाई दिएको छ ।

सिंहदरबारस्थित् कानून मन्त्रालयमा बसेको कार्यदलको बैठकले सहमति गर्न नसकेपछि शीर्ष नेताहरूलाई जिम्मा दिएको हो । अब बालुवाटारमा छलफल हुने भएको छ ।

कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन्। कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा रहेका छन्।

Skip This
Logo