गृहमन्त्रीमाथि ज्ञानेन्द्र शाहीको कटाक्ष- मुटु छ कि छैन ? तपाईंले गर्दा नाक देखाउन सकिएन [भिडियाे]

गृहमन्त्रीमाथि ज्ञानेन्द्र शाहीको कटाक्ष- मुटु छ कि छैन ? तपाईंले गर्दा नाक देखाउन सकिएन [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रतिपक्षमा र सत्तामा हुँदा कुरा फेरेको भन्दै गृहमन्त्री रवि लामिछानेको चर्को आलोचना गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा आज सुरुमै सांसद शाहीले सहकारी पीडितको बास सडकमा भएको भन्दै प्रतिपक्षमा रहँदा एउटा र सत्तामा पुगेपछि एउटा कुरा गरेको भन्दै लामिछानेले पहिला संसदमा उठाएको प्रश्नलाई स्मरण गराएका हुन् । ‘मुटु छ कि छैन डराएको हो, खुट्टा कमाएको हो ।’ उनको प्रश्न थियो । यही प्रश्न लामिछानेले प्रतिपक्षमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गरेका थिए ।

सांसद शाहीले थपे ‘सहकारी पीडितको बास सडकमा भएको छ । मकै पोलेको र साग बेचेर जम्मा गरेको पैसा हो । अरबपति खरबपतिको रकम होइन हैन गृहमन्त्रीज्यू ।’ साथै उनले तपाईंले गर्दा अहिले नयाँ पुस्ताका नेताहरुले नाक देखाउन समेत अवस्था नभएको पनि बताए ।

Skip This
Skip This
Logo