कांग्रेसको विरोध र नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रम पारित

कांग्रेसको विरोध र नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रम पारित

केन्द्रबिन्दु
9
Shares

संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठकबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच आइतबार रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरेका हुन् ।

उनले भने, ‘राष्ट्रपतिले २०८१ जेष्ठ १ गते मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नु भएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८१।०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्दछु ।’ बैठकमा उक्त छलफलको क्रममा उठेका प्रश्नहरुको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएका थिए ।

जेष्ठ १५ गते दिनको १ बजे संयुक्त बैठकमा नेपाल सरकारको अर्थमन्त्रीले आर्थिक वर्ष २०८१।०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेश गर्ने कार्यसूची पनि रहेको छ । सभामुख घिमिरेले भने, ‘संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा नेपाल सरकारको अर्थमन्त्रीले आर्थिक वर्ष २०८१।०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेश गर्नुपर्ने भएकोले सोही मितिमा दिनको १ बजे बैठक बस्ने गरि संयुक्त बैठक हुनेछ ।’

Skip This
Skip This
Logo