काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बन्ने दाबी गरेका छन्।
शनिवार काठमाडौंस्थित् बिजुलीबजारमा नेपाल प्रेस युनियनले ३३औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको लोकतन्त्रमा सञ्चार माध्यमको महत्व विषयक विचार गोष्ठीमा बोल्दै महामन्त्री थापाले काँग्रेसले राखिरहेको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बन्ने र काँग्रेसले भनेको जस्तै बन्ने दाबी गरेका हुन्।
त्यस्तै, अहिले आफूहरू प्रतिपक्षमा भएको र प्रतिपक्ष प्रश्न बाँचेको उनको तर्क थियो। सहकारी प्रकरणमा संसदीय छानबिन समिति काँग्रेसको जिम्मेवारी रहेको बताउँदै उनले प्रतिपक्षको जिम्मेवारी सरकारलाई प्रश्न गर्ने, दबाब दिने र खबरदारी गर्ने काम रहेको बताए। प्रश्न गर्नका लागिभने प्रश्न प्रेस(सञ्चारमाध्य)ले उपलब्ध गराउने गरेको उनले बताए।
प्रेस स्वतन्त्रता भनको प्रजातन्त्र र प्रजातन्त्र भनेको प्रेस स्वतन्त्रता रहेको बताउँदै महामन्त्री थापाले प्रेस स्वतन्त्रताको आधारभूत कुरामाथि प्रश्न आउँदा हामी(कांग्रेस) एक हुन् बताए। सोही विषयमा उनले अहिले नेपालको प्रेसमाथि विश्वास कमी आएको उल्लेख गर्दै अहिले आएका समाचारमाथि विश्वासको कमी आएको र सुधार गर्नुपर्ने उल्लेख गरे। त्यसका लागि उनले प्रेसलाई ठीक ठाउँमा ल्याउन प्रेसको नै मुख्य भूमिका हुने दाबी गरे।
अहिलको कान्तिपुर मिडियाको प्रसंगमा उनले पार्टी सभापति शेरबहादुर देउवासँग छलफल भएको बताए। छलफलमा देउवाले कान्तिपुर मिडियाले समाचार लेखेकै आधारमा कुनैबेला आफूलाई धेरै गाली खुवाएको, देशकै गलत व्यक्ति बनाएको तर, अहिले आफू प्रेस स्वतन्त्रताकै पक्षमा रहेको महामन्त्री थापाले उल्लेख गरे।
यस्तै, उनले अहिलेको सरकार सत्ताले निरंकुश उन्मुख रबैया रहेको आरोप लगाउँदै त्यसका विरुद्ध अब बोल्ने बेला आएको र बेलैमा बोल्न आग्रह गरे।





























प्रतिक्रिया