कांग्रेस नेता अर्जुननरसिंह केसीले गरे चर्चको उद्घाटन

कांग्रेस नेता अर्जुननरसिंह केसीले गरे चर्चको उद्घाटन

केन्द्रबिन्दु
0
Shares

नुवाकोट । यतिबेला नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान चलाईरहेको छ । गाउँघरमा गएर कांग्रेस नेताहरुले विभिन्न कार्यक्रमको आयोजना गरिरहेका छन् । कांग्रेस शिर्ष नेताहरुदेखि लिएर केन्द्रीय सदस्यहरु समेत अभियानमा सक्रिय छन् ।

कांग्रेसभित्र हिन्द राष्ट्रको मुद्दा पनि व्यापक रुपमा उठिरहेको छ । उनीहरुले धर्मनिरपेक्षतालाई खारेज गरेर हिन्दु राज्य कायम गर्नुपर्ने माग अघि सारिरहेका छन् । अर्को कुरा देशमा बढ्दै गईरहेको धर्म परिवर्तनबारे पनि कांग्रेस नेताहरुले बेला बेला आवाज उठाईरहेका छन् ।

यस्तैमा नुवाकोट कांग्रेस नेताहरूले भने एक चर्चको उद्घाटन गरेका छन् । त्यो पनि नक्सा पास नगरी बनाईएको चर्चको उद्घाटन गरेका हुन् ।

जिल्लाको बेलकोटगढी नगरपालिका ४ मा रहेको पञ्चासेमा नवजीवन एजी चर्चको कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, जिल्ला सभापति जगदिश्वरनरसिंह केसी, जिल्ला समितिका सदस्यहरू र नेविसंघका नेताहरू मिलेर आइतबार उद्घाटन गरेका हुन् ।

चर्चको उद्घाटनमा स्थानीय सरकारका मेयर र उपमेयरलाई समेत निमन्त्रणा भएपनि उनीहरूले भने धार्मिक स्वतन्त्रतामा खलल पुर्याउने र प्रलोभवनमा पारेर धर्म परिवर्तन गराउने कामहरू चलिरहेको भन्ने सूचना पाएकोले अनुपस्थित भएको एक नेताले बताए ।

Logo