संसदीय छानबिन समिति बनाउने सहमति कांग्रेस संसदीय दलबाट अनुमोदन

संसदीय छानबिन समिति बनाउने सहमति कांग्रेस संसदीय दलबाट अनुमोदन

केन्द्रबिन्दु
9
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय समिति बनाउने विषयमा सत्तापक्षसँग भएको सहमतिलाई अनुमोदन गरेको छ।

मंगलबार बेलुका बालुवाटारमा भएको सत्ता पक्ष र प्रतिपक्षको संयुक्त बैठकमा गृहमन्त्रीको नाम उल्लेख नगरी हिनामिना भएका सहकारी संस्था र गोर्खा मिडिया नेटवर्क लगायत निश्चित कम्पनीको नाम उल्लेख गरेर समिति गठन गर्न दलहरुबीच सहमति भएको थियो । सोही सहमतिलाई बानेश्वरस्थित संसद भवन परिसरमा बसेको कांग्रेस संसदीय दलको बैठकले अनुमोदन गरेको हो ।

अब कार्यदलको बैठकले शीर्ष तहमा भएको सहमति अनुसार कार्यादेशलाई अन्तिम रुप दिनेछ ।

Skip This
Skip This
Logo