संसदीय छानबिन समितिको टीओआरलाई अन्तिम रूप दिन कार्यदलको बैठक जारी

संसदीय छानबिन समितिको टीओआरलाई अन्तिम रूप दिन कार्यदलको बैठक जारी

केन्द्रबिन्दु
18
Shares

सहकारीको रकम अपचलनबारे छानबिन गर्न संसदीय समिति बनाउन गठित कार्यदलको बैठक अहिले बसिरहेको छ ।

मंगलबार बेलुका बालुवाटारमा भएको सत्ता पक्ष र प्रतिपक्षको संयुक्त बैठकमा गृहमन्त्रीको नाम उल्लेख नगरी हिनामिना भएका सहकारी संस्था र गोर्खा मिडिया नेटवर्क लगायत निश्चित कम्पनीको नाम उल्लेख गरेर समिति गठन गर्न दलहरुबीच सहमति भएको थियो । सो सहमति भएसँगै कार्यादेश (टीओआर)लाई आज अन्तिम रूप दिन कानून मन्त्रालयमा बैठक बसिरहेको हो ।

सरकार र कांग्रेसबीच ७ सदस्यीय संसदीय छानबिन समिति बनाउने सहमति भएको छ ।समितिमा पाँच दलका प्रतिनिधि रहनेछन् । जसमा एमाले र कांग्रेसबाट दुई/दुई जना, माओवादी, रास्वपा र राप्रपाबाट एक/एक जना रहने छन् । समितिलाई प्रतिवेदन बुझाउन ३ महिनाको समय दिइनेछ ।

Skip This
Skip This
Logo