काठमाडौं । सहकारी प्रकरणमा बन्ने संसदीय छानबिन समितिका लागि दलहरूले आफ्नो तर्फबाट सभामुख देवराज घिमिरेलाई नाम दिएका छन्।
मंगलबार समितिको कार्यादेशबारे टुंगोलागेपछि छानबिन समितिमा रहने दलहरूले आफ्नो तर्फबाट सभामुख घिमिरेलाई नाम बुझाएका हुन्।
७ सदस्यीय छानबिन समितिमा कांग्रेस र एमालेका तर्फबाट समान २, माओवादी केन्द्र, रास्वपा र राप्रपाका एक–एक सदस्य रहने छन् ।
त्यसका लागि कांग्रेसले सहमहामन्त्री बद्री पाण्डे र सांसद ईश्वरी न्यौपाने, एमालेले सरिता भुसाल र सूर्यबहादुर थापा क्षेत्री, माओवादी केन्द्रले लेखनाथ दाहाल, राप्रपाले धुब्रबहादुर प्रधान र रास्वपाले शिशिर खनाललाई पठाएको छ।































प्रतिक्रिया