काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले अन्तर्राष्ट्रिय जगतले पत्याएको खेलाडी सन्दीप लामिछानेलाई अमेरिकन राजदूतावासले भिसा नदिएकोप्रति आपत्ति जनाए। उनले भिसा नदिएको कारण सन्दीपले अभ्यास खेलहरु छुटाउन परेको बताए। उनले सन्दीपलाई भिसा नदिएको खण्डमा अमेरिकी राजदूतलाई नेपालका परराष्ट्रमन्त्रीले अमेरिका नै फिर्ता पठाइदिनुपर्ने उनको भनाइ छ।
‘अमेरिकाले अहिलेसम्म भिसा दिएको छैन। अमेरिकामा भइरहेका अभ्यास खेलहरु सन्दीपले छुटाउनु भएको छ। भिसा नदिएर नेपाललाई टी–ट्वान्टी क्रिकेटबाट हराउने र नेपालीको बेइज्जत गर्ने काम अहिलेको सरकारले गरेको छ र अमेरिकाले पनि गरेको छ।’ उनले भने, ‘सन्दीप लामिछानेलाई पाटन उच्च अदालतले निर्दोष ठहर गरिसक्यो। क्यानले उ नेपालको राष्ट्रिय खेलाडी हो, विश्वकप खेल्नुपर्छ भनेर सूचीकृत गरिसक्यो। आईसीसीले पनि ऊ नेपालको अन्तरार्राष्ट्रिय खेलाडी हो। विश्वकप खेल्न पाउनुपर्छ भनेर सूचीकृत गरिसक्यो। तर, अमेरिका भन्छ म भिसा दिन्न। म स्पष्ट के भन्छु भने यदि त्यो अमेरिकाले भन्छ भने नेपाल सरकारको परराष्ट्रमन्त्रीलाई अमेरिकी राजदूतलाई नेपाल नराखेर अमेरिका फिर्ता पठाउने अधिकार छ।’
अमेरिकाले विश्वकप आयोजना गरेकाले नेपालको खेलाडी रोक्ने अधिकार नरहेको उनले बताए। काठमाडौं उपत्यकाभित्र रहेका क्रिकेट खेलाडीहरुलाई भोलि दिउँसो १ बजे माइतीघर मण्डलामा आइदिन उनले अपिल गरे।































प्रतिक्रिया