गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

केन्द्रबिन्दु
70
Shares

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार सर्वोच्च अदालतकाे परमादेशअनुसार नेपाली कांग्रेसका संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

सोमबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक ठहर गर्दै उपधारा (३) बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको हो । उपधारा (३) मा सबैभन्दा ठूलो दलको नेता मुख्यमन्त्री नियुक्त हुने व्यवस्था छ । साेहीअनुसार पाण्डे मुख्यमन्त्री बनेका हुन् ।

गत चैत २५ गते सभामुख कृष्ण धितालको मतसमेत गणना गरेर एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएपछि परेकाे रिटमा याे परमादेश आएकाे हाे। पाण्डे दोस्रोपटक गण्डकीको मुख्यमन्त्री बनेका हुन् ।

तत्कालीन सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका पाण्डेले गत चैत २१ गते पदबाट राजीनामा दिएका थिए ।६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७ सदस्य छन् ।

Logo