विपक्षी दलको बैठकमा माधव नेपालको ‘इन्ट्री’

विपक्षी दलको बैठकमा माधव नेपालको ‘इन्ट्री’

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । विपक्षी दलहरूको बैठकमा सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी भएका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा बसेको विपक्षी दलहरूको बैठकमा सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष नेपाल सहभागी भएका हुन्।

बैठकमा विशेष गरि मधेस प्रदेशको सरकार गठनका विषयमा छलफल भएको थियो। जसपा नेपालको नेतृत्वमा रहेको मधेस प्रदेसको सरकार एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेको छ।

यस बैठकमा सभापति देउवाले मधेस प्रदेशमा नयाँ समीकरण बनाएर अगाडि बढ्नुपर्ने र त्यसलाई केन्द्रसम्म अगाडि बढाउनुपर्ने प्रस्ताव गरेका थिए।

साथै देउवाले एकीकृत समाजवादीलाई सरकार छोडेर वैकल्पिक सरकारको पक्षमा उभिन आग्रह गरेको बैठकमा सहभागी सांसद मेटमणि चौधरीले जानकारी दिएका छन्।

बैठकमा जसपा नेतृत्वको मधेस सरकार जोगाउनुपर्ने विषयमा छलफल भएको थियो। कांग्रेस, जसपा नेपाल, एकीकृत समाजवादी, लोसपास एक ठाउँमा आउँदा मधेसमा केन्द्रीय सत्ता गठबन्धनविरुद्धको सरकार बन्ने देखिन्छ।

मधेसमा कांग्रेसका २२, जसपा नेपालका १९, एकीकृत समाजवादीका ७ र लोसपाका ८ गरी ५६ सांसद छन्। १०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ।

बैठकमा कांग्रेसका पदाधिकारीहरूसहित एकीकृत समाजवादीका अध्यक्ष नेपाल, सांसद चौधरी, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारीलगायतको सहभागिता थियो।

Skip This
Skip This
Logo