सडक विभागलाई बालेनकाे प्रश्न- ५ लाख मानिस हिँड्ने सडकको फुटपाथ कत्रो चाहिन्छ ?

सडक विभागलाई बालेनकाे प्रश्न- ५ लाख मानिस हिँड्ने सडकको फुटपाथ कत्रो चाहिन्छ ?

केन्द्रबिन्दु
30
Shares

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले न्यूरोडको सडकमै पार्किङ गर्न पाउनुपर्छ भन्नेहरूले अहिले फुटपाथ बढाउँदा विरोध गरिरहेको बताएका छन्।

सडक डिभिजन कार्यालयले न्यूरोडको सडक पुनःस्थापन गर्न दिएको २ दिनको अल्टिमेटम सकिँदै गर्दा मेयर बालेनले सामाजिक सञ्जालमार्फत प्रतिशोध लिने हिसावले विकासमा अवरोध पुर्याएको भन्दै आक्रोश पोखेका हुन् ।

‘न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा बिरोध गरिरहेका छन् । सोच्नु त, सडकमा ३ फिट भन्दा बढि ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यहि पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ?’ उनले भनेका छन् ।

उनले सडक विभागले बनाएको मापदण्डअनुसार दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिड्ने मानिस आवतजावत गर्ने सडक फुटपाथ कत्रो चाहिन्छ हेर्न पनि आग्रह गरेका छन्। सडक विभागले त्यो मापदण्ड पालना गर्न बनाएको हो कि होइन भन्ने पनि सोध्नुपर्ने उनको भनाइ छ।

प्रतिशोध लिने भए फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिन मेयर बालेनको आग्रह छ । विकास गर्ने हो भने र बदलिदो समयमा न्यूरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउन जुट्नुपर्ने पनि बताएका छन् ।

Logo