गृहमन्त्री रविको निर्णयप्रति सर्वोच्चमा रिट

गृहमन्त्री रविको निर्णयप्रति सर्वोच्चमा रिट

केन्द्रबिन्दु
93
Shares

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई स्वयंसेवको रूपमा सडकमा खटाउने निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

आज(शुक्रबार) गृहमन्त्री लामिछानेको ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई स्वयंसेवको रूपमा सडकमा खटाउने निर्णयविरूद्ध सर्वोच्चमा रिट परेको हो।

उनको निर्णयविरूद्ध कृष्ण विक, आकाश भट्ट, उज्जव माली, इमामुल हकलगायत ७ जनाले प्रहरीको उक्त कार्यले आफ्नो सम्मानपूर्व बाँच्न पाउने हक, हिँडडुल गर्न पाउने हक हनन् भएको भन्दै सर्वोच्चमा रिट दिएका हुन्।

रिटमा सवारी तथा यातायात ऐनको दफा १६४ ले ट्राफिक नियम उल्लंघन गरेबापत जरिवानामात्र तिराउन सक्ने भनेपनि प्रहरीले भने शारीरिक दण्ड दिएको उल्लेख छ।

Skip This
Skip This
Logo