प्रमुख विपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीको रकम अपचलनका विषयमा छानबिन गर्न गठित संसदीय छानबिन समितिले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पनि बयान लिने बताएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री थापाले भने, ‘यो छानबिन समितिले सहकारीबाट गोरखा मिडियामा गएको रकमबारे छानबिन गर्नेछ । एक रूपैयाँ गए पनि एक करोड गए पनि त्यो गैरकानूनी नै हो । गोरखा मिडियाको मालिक जीबी हुन् कि छवि हुन् कि रवि हुन् । जो भए पनि समितिले बोलाउँछ र कानूनबमोजिम कारबाहीको सिफारिस पनि गर्छ ।’
साथै उनले महान्यायाधिवक्ता दिनमणि पोखरेललाई समेत बयानका लागि बोलाउन छानबिन समितिलाई सुझाव दिएका छन् ।































प्रतिक्रिया