गिरिबन्धुबारे ओलीलाई बालेनकाे कटाक्ष- कोही नयाँ आएर फाइल पल्टाउला, हुन त जेल बस्नु भएको हो

गिरिबन्धुबारे ओलीलाई बालेनकाे कटाक्ष- कोही नयाँ आएर फाइल पल्टाउला, हुन त जेल बस्नु भएको हो

केन्द्रबिन्दु
154
Shares

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह उर्फ बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीले झापामा रहेको गिरिबन्धु जग्गा प्रकरणबारे खुलासा गरेका छन्।

सोमबार समाजिक सञ्जालमा लेख्दै मेयर शाहले अध्यक्ष ओलीलाई झापाको गिरिबन्धु प्रकरणमा जग्गा लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुको जग्गा दिन्छौँ भनेर थमथम्याएको खुलासा गरेका छन्।

उनले लेखेका छन्:

१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू ।
झापा गिरिबन्धुमा बैना लिनेहरूलाई “दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं ” भनेर थम्थमाउनुभएछ। गिरीबन्धु चियाँ बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पातपनि हल्लन्छ भन्ने लाग्दैन।

यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्यूरोडमा हामीले बनाउन लागेको फुटपाथफेरि सडक बनाउनु थाल्नुभएछ।

अब बल्ल देश बन्ने भएछ। आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरेपनि काम हुनु राम्रो हो। तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल-चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला। हामी साथमा छौँ।

अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला। नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला। हुन त, पहिलेपनि जेल बस्नु भएको हो। धन्यवाद।

Logo