बजेट छलफलमा सांसद चित्रबहादुर निदाएपछि…

बजेट छलफलमा सांसद चित्रबहादुर निदाएपछि…

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । सांसद चित्रबहादुर केसीले सत्तापक्षले पेश गरेको बजेटमा तलमाथि गर्न नपाएपछि छलफलको औचित्य नभएको टिप्पणी गरेका छन्।

आज प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा उनले जस्तो बजेट आएको छ त्यसलाई स्वीकार गर्नुपर्ने भन्दै छलफलको आवश्यकता नभएको बताए।

उनले भने,‘यहाँ जति नै उफ्रिएपनि सत्ता पक्षले पेश गरेको बजेट एक सुका एक आना जति भनेपनि तलमाथि गर्न नपाइ, यहाँ जे आएको छ त्यसलाई स्वीकार गर्नुपर्ने भएपछि छलफलको पनि औचित्य छ जस्तो मलाई लाग्न छोड्यो।’

यसको साथै, संसद दिक्क लाग्दो बन्दै गएको भन्दै बजेटमा समाजवाद उन्मुख दिशा कुनै कार्यक्रम प्रस्तुत नगरिएको गुनासो पनि गरेका छन्।

उनले भने, ‘म त यो छलफलको कुरा सुन्दा निदाएछु पनि एकछिन, यस्तो पो भयो। रमाइलो छैन संसद, दिक्क लाग्दो छ। त्यसकारण यहाँ कुराहरु धेरै आए, नेपालको संविधानमा व्यवस्था गरे बमोजिम समाजवाद उन्मूख शासन व्यवस्था निर्माणको लागि बजेटमा त्यस सम्बन्धी ठोस कार्यक्रमको व्यवस्था गर्नुपर्ने थियो। तर प्रस्तुत बजेटमा समाजवाद उन्मूख दिशा कुनै कार्यक्रम प्रस्तुत गरिएको छैन।’

Skip This
Skip This
Logo